बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा सतिस चापागाई निर्वाचित


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा सतिस चापागाई निर्वाचित भएका छन् । जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट स्थानीय केन्द्रीय समिति निर्वाचित भएका हुन् ।

उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईको मात्र एकल उमेद्वारी परेको थियो । तर सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको उम्मेदबारी परेपछि भएको निर्वाचनमा चापागाईले २३६२ मत ल्याएका थिए । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन ।

चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन् । चापागाईले नेपालमा लामो समय पत्रकारिता गरेका थिए । निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले धन्यवाद ज्ञापन गरेका छन् ।

मेरिल्याण्ड डेमोक्र्याटिक पार्टीका स्थानीय केन्द्रीय समितिका सदस्यहरू प्राइमरी निर्वाचनमा गभर्नरेटरी चुनाव वर्षहरूमा निर्वाचित हुन्छन्। सन् २०१८ मा निर्वाचितहरुको कार्यकाल सन् २०२२ मा पूरा हुने भएकाले यसपटक नयाँ सदस्यहरु निर्वाचित भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदाताले चुनाव गरेपछि कतिपय स्थानीय केन्द्रीय समितिका सदस्यले काम गर्न पाएका हुँदैनन् । यो अवस्थामा राज्यको केन्द्रीय समितिले राजिनामा दिएका, सरुवा वा मृत्यु भएकाहरूको ठाउँमा नयाँ सदस्यहरू नियुक्त गर्दछ। काउन्टीका स्थानीय केन्द्रीय समितिभन्दा माथि राज्यका केन्द्रीय समितिहरु हुन्छन् । हरेक राज्यमा राज्यस्तरका केन्द्रीय समितिहरु हुन्छन् ।

हरेक राज्यका राज्यस्तरका केन्द्रीय समितिका अध्यक्ष र उपाध्यक्षहरु डेमोक्रेटिक नेशनल कमिटिका सदस्यहरु हुन्छन् । डेमोक्रेटिक नेशनल कमिटिका सदस्यहरुले डेमोक्रेटिक नेशनल कमिटिका अध्यक्षको चयन गर्ने प्रावधान रहेको छ । डेमोक्रेटिक नेशनल कमिटि डेमोक्रेटिक पार्टीको कार्यकारी निकाय हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com