किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा


प्रकाशित मिति : १९ असार २०७९, आइतबार

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ ।

पुस्तकको हार्डकभर अर्डर गर्न यहाँ क्लीक गर्नुहोला ।

पुस्तकको सफ्टकभर पेपरब्याकका लागि यहाँ क्लीक गर्नुहोला ।

पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।

गुगल बुक्समा ईबुक पढ्न यहाँ क्लीक गर्नुहोला ।

गुगल बुक्समा ईबुक प्रिभ्यु यहाँ हेर्न सकिनेछ ।

पुस्तकमा कुनै पनि बिपत्तिमा आशा र धैर्यतालाई कायम राखेमा त्यस्ता विपत्तिको सामना गर्न सकिने सन्देश दिइएको छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस्तक लेखनका क्रममा रसुवाको शरमथलीमा लेखक

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, पुस्तकका पात्रहरु नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल र अमेरिका निवासी व्यवसायी लोक तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

यो पुस्तकको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो भने अन्तर्राष्ट्रिय संस्करण नमस्ते मिडिया इन्क न्युयोर्कले प्रकाशन गरेको हो । खसोखासका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरेका पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित लाइफटाइम अचिभमेन्ट अवार्ड समेत पाइसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com