तीन करोड ८९ लाखसहित चिनियाँ नागरिक पक्राउ


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुबाट प्रहरीले रु एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान, रु २० दरको एक थान रकम बरामद गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com