मनाङको नार्पाभूमिमा लामा र चामेमा घले विजयी


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित हुनुभएको छ ।

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताउनुभयो । मतगणना आज साँझसम्ममा सकिने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com