तीनमहिनामा ३१५३ नेपालीलाई अमेरिकाको ग्रिनकार्ड, १० बर्षमा १ लाख बढी


प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार

आर्थिक बर्ष २०२२ को पहिलो तीन महिनामा ३१५३ जना नेपालीहरुलाई अमेरिकाको ग्रिनकार्ड प्रदान गरिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार यो संख्या अमेरिकामै रहेर ग्रिनकार्डमा स्टाटास समायोजन गर्ने र अमेरिकामा आप्रवासी भिसामा आउनेहरुको हो ।

७७८ जनाले अमेरिकामा नै बसेर स्टाटस समायोजन गरेर ग्रिनकार्ड प्राप्त गरेका छन् । २३७५ जना अमेरिकामा आप्रवासी भिसामा आउनेहरु हुन् । अमेरिकामा आप्रवासी भिसामा आउनेहरुले सामान्यतया अमेरिका प्रवेश गरेको एकमहिनामा ग्रिनकार्ड प्राप्त गर्छन् ।

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका थिए । कोरोनाको महामारीका कारण २०२० मा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या कम भएको थियो ।

आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउने नेपालीहरुमा सबैभन्दा धेरै शरणार्थीका रुपमा २७०५ जना रहेका छन् दोश्रोमा अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी र बाबुआमा १७९१ जनाले ग्रिनकार्ड प्राप्त गरेका छन् । रोजगारमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४९ र डिभीमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४३ रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१९ मा १० हजार २ सय १ जनाले, २०१८ मा ११ हजार ९० सय ५३ जनाले, २०१७ मा १२ हजार ८ सय ५१ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

 

आर्थिक बर्ष २०१६ मा १२ हजार ८ सय ५१ र आर्थिक बर्ष २०१५ मा १२ हजार ९ सय २६ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए । आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७, आर्थिक बर्ष २०१३ मा १३ हजार ४६, आथिक बर्ष २०१२ मा ११ हजार ३ सय १२ र आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए ।

यसरी आर्थिक बर्ष सन् २०११ देखि सन् २०२० सम्मको १० बर्षको अवधिमामात्र १ लाख २ हजार ५ सय ६९ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् । सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको छ । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको यो तथ्यांक अनुशार अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरुको संख्या आर्थिक बर्ष १९८९ देखि २०२० सम्म १ लाख ३९ हजार ३ सय ६९ रहेको छ । १९८९ भन्दा अगाडि अमेरिकामा झण्डै २ हजार नेपालीहरुमात्र रहेका थिए । यसरी आर्थिक बर्ष २०२१ को तथ्यांक समेत जोड्दा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या झण्डै डेढलाख पुगेको छ । त्यसमध्ये झण्डै ५५ हजारले अमेरिकी नागरिकता लिइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com