अमेरिकाको साउथ क्यारोलिनामा व्यस्त सपिङ मलमा १० जनामाथि गोली प्रहार
प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार
अमेरिकाको साउथ क्यारोलिनामा व्यस्त सपिङ मल कोलम्बियाना सेन्टरमा १० जनामाथि गोली प्रहार भएको छ । घटनामा अरु जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।
शनिबार दिउसो भएको उक्त घटनामा संलग्न भएको अभियोगमा ३ जना बन्दुकधारीहरुलाई पक्राउ गरिएको छ । तीनजनामध्ये एकजनाले बन्दुक चलाएको प्रहरीको दावी छ ।
घटनामा कसैको पनि ज्यान गएको छैन । तर ८ जना घाइतेहरुलाई अस्पतालमा लगिएको अधिकारीहरुले जनाएका छन् । २ जनाको अवस्था गम्भिर रहेको र ६ जनाको अवस्था स्थीर रहेको जनाइएको छ ।
घाइतेहरु १५ बर्षदेखि ७३ बर्षसम्मका रहेका छन् । गोलीकाण्डपछि सपिङ मलमा भागदौड मच्चिएको थियो ।