अमेरिकी राष्ट्रपति बाइडेन दम्पत्तिको २०२१ को आम्दानी ६ लाख डलर, ह्यारिस दम्पत्तिको १६ लाख


प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको सन् २०२१ को आम्दानी ६ लाख १० हजार ७ सय २ डलर देखिएको छ । उनको गतबर्षको ट्याक्स रिटर्नमा यो आम्दानी देखिएको हो । अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने डेडलाइन सोमबारसम्ममात्र रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका दम्पत्तिले शुक्रबार आफ्नो ट्याक्स रिटर्न कागजात सार्वजनिक गरेका हुन् । राष्ट्रपति बाइडेन र पत्नी जिल बाइडेनले १ लाख ५० हजार ४ सय ४९ डलर ट्याक्स तिरेका छन् ।

उनीहरुले १७ हजार डलर डोनेशन गरेका छन् । विभिन्न १० वटा डोनेशन गरेकोमा सबैभन्दा धेरै ५ हजार डलर डोनेशन गरेका छन् ।

सन् २०२० मा बाइडेन दम्पत्तिले ६ लाख ७ हजार ३ सय ३६ डलर आम्दानी गरेका थिए । सन् २०१९ मा उनको आम्दानी ९ लाख ८५ हजार डलर रहेको थियो ।

त्यस्तै उपराष्ट्रपति कमला ह्यारिस दम्पत्तिले सन् २०२१ मा १६ लाख डलर आम्दानी गरेका छन् । उनीहरुले ५ लाख २३ हजार ३ सय ७१ डलर कर तिरेका छन् । उनीहरुले सन् २०२१ मा २२ हजार डलर डोनेशन गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com