फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।
यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् ।
कैयौ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।