‘बल्लतल्ल छोरा पाए, उसले टाउका मै ठूलै भार बोकाएर आएछ’


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

–सिद्धराज भट्ट

वर्षौको प्रतिक्षापछि सन्तान प्राप्तिको धोको पूरा हुँदा डडेलधुरा सकायल गाउँका नरेश राना मिर्गौलाको समस्याले ग्रसित हुनुभएको छ ।सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको उपचार गराइरहेको ३३ वर्षीय रानाले भन्नुभयो, ‘‘बल्लतल्ल छोरा के पाएको थिएँ, उसले मुन्टा (टाउको)मै ठूलै भार बोकाएर आएछ ।’’ हरेक परिवारमा सन्तान प्राप्तिले खुसी छाउछ तर जन्मिएको आफ्नो शिशु (छोरा) मुन्टाको भार लिएर जन्मिएको रूपमा उहाँले पीडा पोख्नुभयो । रानाले भन्नुभयो, ‘‘पत्नीको चाँैथो पटक बसेको गर्भवाट छोरो जन्मिएको २२ दिन पुग्दा आफू भने अस्पतालको शय्यामा दुवै किड्नीले काम नगरेपछि छ्पटिनु परेको छ, दैव पनि निर्धो र गरिबलाई च्याप्दो रहेछ ।’’

यसअघि पत्नीको पहिलो गर्भ छ महिना, दोस्रो गर्भ चार महिना र तेस्रो गर्भ सात महिना पुग्दा नपुग्दै पेटमै खेर गएको उहाँको भनाइ छ । जन्मिएको शिशु र आमाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

अस्पतालले निःशुल्क रूपमा डायलासिस सेवा उपलब्ध गराउने गरे पनि उपचारका क्रममा उहाँलाई अहिलेसम्म लाखौं ऋण रकमको बोझसमेत थपिएको छ । ‘‘उपचार सेवा निःशुल्क भइरहेपनि अन्य खर्चका लागि रु चार लाख ऋणको बोझ थपिइसकेको छ’’, रानाकी आमाले भन्नुभयो, ‘‘छोरालाई सुरुमा मुखबाट रगत निस्केपछि स्वास्थ्य जाँच गराउँदा किड्नीमा समस्या देखिएको थाहा भयो ।’’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेती अस्पतालमा हप्तामा दुई दिन डायलाइसिसको उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि ९नेकपा माओवादी० केन्द्रको भातृ सङ्गठन वाइसिएलमा सङ्गठित हुनुभएका राना आफूलाई समस्या पर्दा कसैले सोधिखोजी र सहयोग नगरेको गुनासो गर्नुभयो । ‘‘उतिबेला गाउँमा सुरक्षित रूपमा बस्ने वातावरण नहुँदा माओवादीतिर लागियो, अहिले आफ्नो यो हालत हुँदा मृत्युको मुखमा पर्न लागियो’’, उहाँले दुःखेसो सुनाउनुभयो । बीस वर्षअघि देखि नै माओवादीमा आवद्ध भएका रानाले भारतको मद्रासमा बसेर त्यहाँ रहेका नेपालीलाई सङ्गठित पार्नु भएको थियो ।

सेती प्रादेशिक अस्पतालले विसं २०७२ देखि डायलासिसको उपचार सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्ला तीन वर्षदेखि अस्पतालमा यो सेवा ‘विरङ्ग हेल्थ केयर’ नामको निजी क्षेत्रको स्वास्थ्य संस्थाले ठेक्कामार्फत् उपलब्ध गराइरहेको छ । डायलासिस उपचार सेवाका व्यवस्थापक दीपक भट्टले मिर्गौलाका बिरामीको हप्तामा दुई दिन उपचार गर्ने गरिएको बताउनुभयो ।

मानिसको शरीरभित्र जम्मा हुने फोहरलाई मिर्गौलाले बाहिर निकाल्ने गर्छ । तर मिर्गौलाले काम नगर्दा यस्तो फोहर विशेष प्रकारको मेसिनमार्फत् बाहिर निकालिन्छ । ‘‘बिरामीलाई मेसिनमा राखेर उसको शरीरमा भएको विकार मिर्गौलाले काम नगरेको अवस्थामा मेसिनमार्फत् बाहिर निकालेर उपचार गर्ने सेवा डायलासिस हो’’, व्यवस्थापक भट्टले भन्नुभयो । सङ्घीय सरकारको नीति बमोजिम अस्पतालमा विरङ्ग हेल्थ केयरले ठेक्कामार्फत् डायलासि उपचार सेवा उपलब्ध गराइहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

‘‘संस्थाले बिरामीलाई निःशुल्क डायलासिसको उपचार सेवा दिइरहेको छ, उपचार गर्दा लाग्ने खर्च संस्थाले सरकारबाट पाउँछ’’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘सम्झौता बमोजिम सेती प्रादेशिक अस्पतालले भौतिक संरचना र अस्पतालसँग भएको डायलासिस मेसिन उपलब्ध गराएको छ ।’’ मिर्गौला पीडित बिरामीको एक पटक डायलासिस गर्दा रु दुई हजार ५०० तोकिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com