कामदार भिसाबाहेक सबै आवेदनमा युएससीआईएसका सबै सर्भिस सेन्टरले क्रेडिट कार्ड स्वीकार्न सुरु


प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार

कामदार भिसा एचवान बी र एचटु एका लागि आवेदन फर्म आई १२९ बाहेक अन्य सबै आवेदनमा युएससीआईएसका सबै सर्भिस सेन्टरहरुले क्रेडिट कार्डबाट रकम स्वीकार्न सुरु गरेका छन् । अर्थात् अबदेखि सबै सर्भिस सेन्टरमा एचवान बी र एचटु ए आवेदन बाहेक अन्य सबैमा क्रेडिट कार्डबाट आवेदन शुल्क तिर्न सकिने भएको छ ।

फर्म जी १४५० भरेर क्रेडिट कार्ड प्रयोगका लागि अनुमति दिइसकेपछि युएससीआईएसले क्रेडिट कार्डको विवरण प्रयोग गरेर आवेदन शुल्क स्वीकार गर्नेछ । क्रेडिट कार्ड पेमेन्ट अन्तरगतको बृहत कार्यक्रम अन्तरगत सबै सर्भिस सेन्टरमा क्रेडिट कार्ड स्वीकार गर्न सुरु गरिएको युएससीआईएसले जनाएको छ ।

सुरुमा युएससीआईएसले यो कार्यक्रम नेब्रास्का सर्भिस सेन्टरबाट सुरु गरेको थियो । पछि यो कार्यक्रम टेक्सास, भर्मोन्ट र क्यालिफोर्निया सर्भिस सेन्टरमा विस्तार गरिएको थियो । युएससीआईएसका लकबक्समा फाइल गरिएका र सर्भिस सेन्टरमा फाइल गरिएका आवेदनमामात्र अमेरिकी बैंकबाट जारी भएका क्रेडिट कार्डमार्फत रकम तिर्न सकिन्छ ।

युएससीआईएसले अमेरिकाबाहेकका विदेशी बैंकबाट जारी क्रेडिट कार्ड स्वीकार गर्दैन । त्यस्तै क्रेडिट कार्डबाट शुल्क तिर्दा अतिरिक्त रकम पनि तिर्नुपर्दैन । भिसा, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस र डिस्कभरमार्फत शुल्क तिर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेडिटकार्डबाट रकम तिर्दा प्रयाप्त रकम भएको सुनिश्चित गर्न युएससीआईएसले सुझाव दिएको छ । यदि पहिलो प्रयासमा क्रेडिट कार्ड अस्वीकृत भएमा दोश्रो पटक प्रयास नगर्ने र आवेदन अस्वीकार गर्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

क्रेडिट कार्डबाट शुल्क तिर्दा फर्म जी १४५० भरेर हस्ताक्षर गरेर आवेदनको सुरुमा राखेर पठाउनुपर्छ । एकैपटक धेरै आवेदन पठाइएको छ भने हरेक आवेदनका लागि फरक फरक जी १४५० फर्म भरेर हस्ताक्षर गरेर पठाउनुपर्छ । तर आवेदन शुल्क र बायोमेट्रिक शुल्क भने एउटै जी १४५० बाट पनि तिर्न सकिन्छ ।

धेरै आवेदन सहितको प्याकेजमा एउटामात्र जी १४५० फर्म भरेर पठाएको खण्डमा पूरै प्याकेज नै अस्वीकार गर्ने युएससीआईएसले जनाएको छ । त्यस्तै धेरै आवेदनका लागि मनी अर्डर, चेक र क्रेडिट कार्ड स्वीकृति पठाएको खण्डमा पनि आवेदन अस्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

तर एउटा आवेदनमा एउटाभन्दा बढी क्रेडिट कार्ड भने प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गर्दा फरक फरक क्रेडिट कार्ड वा गिफ्ट कार्डका लागि फरक फरक जी १४५० फर्म भर्नुपर्छ भने कुन कार्डबाट कति रकम चार्ज गर्ने भन्नेबारे पनि प्रष्ट उल्लेख गर्नुपर्छ ।

कहिलेकाँही क्रेडिट कार्डबाट रकम तिर्दा क्रेडिट कार्ड जारी गर्ने बित्तिय संस्थाले त्यसबारे क्रेडिट कार्ड प्रयोगकर्तालाई अलर्ट पठाउने र अलर्टको समयमै रेस्पोन्स नगर्दा ट्रान्जेक्सन अस्वीकृत हुने भएकाले युएससीआईएसलाई क्रेडिट कार्डबाट रकम तिर्दा सजगता अपनाउन कानून व्यवसायीहरुले सुझाव दिएका छन् । क्रेडिट कार्ड कम्पनीले अलर्ट पठाइसकेपछि स्वीकार गरेको खण्डमा समेत कहिलेकाँही दोश्रो प्रयासका लागि क्रेडिट कार्ड कम्पनीले सुझाव दिन्छ, तर युएससीआईएसले भने दोश्रो पटक प्रयास गर्दैन ।

क्रेडिट कार्ड पेमेन्टबारे विस्तृत जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com