‘टिफिनका लागि घण्टी लाग्यो कि ‘


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुर महोत्तरीमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् । विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो ।

“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन् । सोनीजस्तै उनका साथी सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ । “अरु विषयको घण्टी कहिलेकाहीँ छुट्दा साथीहरूबाट पनि सोधपुछबाट बुझिन्छ, कम्प्युटर छुट्दाचाहिँ गाह्रो”, निक्कीले भनिन् ।

विद्यालयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ । पाँचौँदेखि सातौँ घण्टीसम्म फरक–फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौँ घण्टीमा कक्षा ६ को पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि रु’ भनेर चनाखो रहनुपरेको हो ।

विद्यालयमा २२ थान कम्प्युटर छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ । कक्षा–कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउनुहुन्छ । “हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौँ, केही थान कम्प्युटर थप्न पर्ने छ, कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको”, उहाँ बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ । पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुर बताउनुहुन्छ । “विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ ।”

विद्यालयले चालुआर्थिक वर्षदेखि कम्प्युटर कक्षा सञ्चालनमा आएको हो । कोभिड–१९ महामारीले लामो समय विद्यालय बन्द नै रहेको हुँदा भर्खरमात्र नियमित पठनपाठन हुन थालेको छ । यसअघि चार वर्ष पहिले जिल्ला शिक्षा विकास एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षकको अभावमा थन्किएर रहेका थिए । नगर कार्यपालिकाको कार्यालयले विषय शिक्षक दिएपछि बल्ल यसपालि कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको प्रधानाध्यापक श्रीराम यादवले जानकारीदिनुभयो । विद्यार्थी सङ्ख्याअनुसार कम्प्युटर अपुग रहेको हुँदा यसका लागि स्थानीय तहलाई झकझक्याई रहेको उहाँको भनाइ छ ।

बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ३६८ विद्यार्थी छन् । यसमा ७५५ छात्राको सङ्ख्या छ । त्यसैगरी आधारभूततह ९बाल कक्षादेखि आठसम्म० मा ८७६ जम्मा विद्यार्थीमध्ये छात्रा ४६२ छन् । यस्तै माध्यमिक तह ९नौदेखि १२० मा ४९२ विद्यार्थीमध्ये २९३ छात्रा रहेका विद्यालय प्रशासनले जनाएको छ । जिल्लाकै पुरानामध्येको यो विद्यालय नगर क्षेत्रको मुख्य केन्द्र सीतापुरबजारमा रहेको हुँदा अन्यभन्दा विद्यार्थी चाप बढी छ । विद्यालयको नियमित पठनपाठनमा शिक्षक सङ्ख्या अपुग हुँदै आएको छ ।

नगरपालिका भनिए पनि ग्रामीण परिवेशका नगर क्षेत्रका विद्यालयमा छात्रा सङ्ख्या बढी हुने गरेको छ । कम्प्युटर विषयलाई विस्तार गर्न सके नवीनतम् प्रविधिमा ग्रामीण छोरीको पहुँच बढ्ने हुँदा तीनै तहका सरकारले यस दिशामा पहलकदमी बढाउन आवश्यक रहेको यस भेगका बुद्धिजीवी बताउँछन् ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com