‘मोम्चो ’नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । शनिबार चितवनमा आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा उहाँहरुले कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो यथार्थतालाई जीवन्त रुपमा उजागर गरेको टिप्पणी गरे ।

कार्यक्रममा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी जननी भएको जनाउँदै उनीहरुमाथि हुने हिंसा रोक्न यो कथा सङ्ग्रह सार्थक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पितृसतात्मक प्रवृत्ति उजागर गर्न मोम्चो कथा सङ्ग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचारजस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो ।”

समालोचक डा एकनारायण पौडेलले कथा सङ्ग्रहभित्र आन्चलिकता प्रवल मात्रामा देखिएको छ भन्नुभयोे । खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको उहाँले बताउनुभयो ।

समीक्षक रमेश प्रभातले कथाभित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नुपरेको कथामा समेटिएको उल्लेख गर्नुभयो । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा कथाकार वसन्त पराजुलीले नारी प्रधान विषयवस्तुमा लेखिएको मोम्चोमा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको बताउनुभयो । साहित्यकार गोविन्दराज विनोदीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एलबी क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यासजस्तो बृहत् नहुने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ कथा छन् । कथाकार पराजुलीको मोम्चा दोस्रो कथा सङ्ग्रह हो । उहाँ डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथा सङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । गोरखापत्र दैनिकका उहाँ चितवन संवाददाता पनि हुनुहुन्छ ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com