लस एन्जलसमा हरेक होमलेसका लागि ८ लाख खर्चमा १२ सय आवास निर्माण
प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार
लस एन्जलसमा हरेक होमलेसका लागि ८ लाख खर्च गरेर १ दशमलव २ बिलियन डलरमा १२ सय आवासीय युनिट निर्माण गरिएको छ । एउटा आवासीय युनिट निर्माणका लागि ८ लाख ३७ हजार डलरसम्म खर्च भएको बुधबार सार्वजनिक अडिटमा उल्लेख गरिएको छ ।
सन् २०१६ मा होमलेसका लागि घर बनाउन खर्च स्वीकृत भएदेखि १२ सय आवासीय युनिट निर्माण भइसकेका छन् । लस एन्जलसमा होमलेसहरुको संख्या पछिल्लो बर्षमा बढेर ४१ हजार पुगेको छ । अधिकांश लागु पदार्थका प्रयोगकर्ताहरु र मानसिक रुपमा बिरामीहरु रहेका छन् ।

अहिलेको कार्यक्रम होमलेस संकट समाधान गर्न प्रयाप्त भने छैन । तर पनि केही हदसम्म समाधानको अपेक्षा गरिएको छ । अहिले निर्माण गरिएका आवासहरु अधिकांश स्टुडियो र एउटा बेडरुम अपार्टमेन्टहरु हुन् । निर्माण गरिएका १४ प्रतिशत स्टुडियो र बेडरुमहरुमा ७ लाख डलरभन्दा धेरै खर्च भएको छ । एउटा परियोजनामा ८ लाख ३७ हजारसम्म खर्च भएको पाइएको छ ।
एचएचएचले आगामी सन् २०२६ सम्म १० हजार ३ सय युनिट सस्तो र निशुल्क आवास उपलब्ध गराउने लक्ष्य लिएको छ । कार्यक्रमले अपेक्षा गरिएभन्दा धेरै र सस्तो आवास निर्माण गरिरहेको जनाएको छ ।





