बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्षको जेल सजाय, ६० लाखको जरिवाना


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले सोमबार पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई ६० लाख जरिवाना समेत गरेको छ । उनलाई अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो ।

लालुप्रसाद यादव सोमबार भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित भएपनि अदालत परिसरमा ठूलो भीड जम्मा भएको थियो । सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले थप टोली परिचालन गर्नुपरेको थियो ।

लालुप्रसाद यादवका वकिल प्रभात कुमारले बीबीसी हिन्दीलाई भने, “लालु यादवको उमेर, स्वास्थ्य र उनले पशुपालन घोटालाका अन्य मुद्दामा सजाय भोगेको अवधिलाई हेरेर अदालतले उनलाई न्यूनतम सजायको माग गरेको थियो।” लालु यादवका वकिलले सजायविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।

लालुप्रसाद यादवका छोरा तथा आरजेडी नेता तेजस्वी यादवले भने, “यो अन्तिम निर्णय होइन। यो निर्णयलाई उच्च अदालतमा चुनौती दिइनेछ। मलाई तल्लो अदालतको फैसला उच्च अदालतमा परिवर्तन हुनेमा पूर्ण विश्वास छ।” “यो निर्णय लालुजीको पक्षमा आउनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले मंगलबार (१५ फेब्रुअरी) मात्रै जगदीश शर्मासहित ३८ दोषीलाई सजाय सुनाएको थियो । उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई तत्काल जमानत दिइयो। लालु यादवले २०१७ मा चारा र पशुपालन घोटालाको अन्य मुद्दामा दोषी ठहर भएदेखि कूल ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन्। उनले राँचीको होटवारस्थित बिरसा मुण्डा जेलमा आठ महिना बिताए।

यसअघि फेब्रुअरी १५ मा दोषी ठहर भएपछि लालु यादवलाई राँचीको बिरसा मुण्डा केन्द्रीय जेल पठाइएको थियो र त्यहाँबाट उनलाई रिम्स अस्पतालमा ल्याइएको थियो। चिकित्सकको टोलीले उनको स्वास्थ्यको निगरानी गर्न उनलाई यहाँको पेइङ वार्डमा भर्ना गरिएको हो । लालु यादवका वकिलहरूले उनको स्वास्थ्य खराब भएको भन्दै सीबीआई अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकार गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com