कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे विचार गर्दै अमेरिका


प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार

अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे सावधानीका साथ विचार गरिरहेको जनाएको छ । आगामी केही महिनामा एमआरएएन भ्याक्सिन मोडेर्ना वा फाइजरको दोश्रो बुस्टर डोजबारे एफडीएले विचार गरिरहेको हो ।

एफडीए प्रवक्ता एलिसन हन्टका अनुशार एफडीएले बुस्टर डोजको सम्भावित उपयोग र संरचनाको मूल्याङ्कन गर्न महामारी र भेरियन्ट सम्बन्धित तथ्यांकहरुको अवलोकन गरिरहेको छ । आगामी बर्षातिर चौथो बुस्टर आवश्यक हुने नहुनेबारे एफडीएएले मूल्यांकन गरिरहेपनि बुस्टर चाहिने विषय अझै सुनिश्चित नभइसकेको जनाइएको छ ।

यदि एफडीएले दोश्रो बुस्टर डोज स्वीकृत गरेको खण्डमा प्रयोगका लागि सीडीसीले पनि अनुमति दिन आवश्यक छ । कोरोनाको ओमिक्रोन भेरियन्ट प्रभाव कम हुँदै गएकाले चौथो डोज आवश्यक नपर्न सक्नेबारे समेत विचार भइरहेको छ । तर आवश्यक परेमा चौथो डोज दिनुपर्ने अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाइजर र मोडेर्नाले अहिले ओमिक्रोनलाई लक्ष्यीत गरेर कोरोनाविरुद्धका भ्याक्सिन बनाइरहेका छन् । कालान्तरमा उचित संरक्षणका लागि चौथो डोज आवश्यक पर्ने दुबै कम्पनीहरुको विश्वास रहेको छ ।

इजरायलले यस अगाडि नै निश्चित नागरिकहरुका लागि कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोज स्वीकृति गरिसकेको छ । स्वीडेनले पनि सोमबारदेखि ८० बर्षभन्दा माथिका उमेरका व्यक्तिका लागि दोश्रो बुस्टर डोज स्वीकृत गरेको छ । सीडीसीका अनुशार प्रतिरोध क्षमता कम भएका अमेरिकनहरु पनि अक्टोबरदेखि दोश्रो बुस्टर डोजका लागि योग्य रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com