बेलायतले रुससँगको ‘गोल्डेन भिसा’ व्यवस्था बन्द गर्‍यो,यस्तो छ कारण


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

बेलायतको सरकारले सुरक्षा चिन्ताको बीचमा धनी विदेशी लगानीकर्तालाई बसोबासको प्रस्ताव “गोल्डेन भिसा” प्रणाली अन्त्य गरेको बताएको छ । उल्लेखनीय कुरा के छ भने, रुससँगको सम्बन्धको समीक्षा गर्न बेलायतलाई निरन्तर दबाब दिइरहेको थियो ।

बेलायतको गृह मन्त्रालयले भनेको छ, टियर-१ लगानीकर्ता भिसा व्यवस्थाले “भ्रष्ट धनीहरूलाई बेलायतमा पहुँच प्रदान गरेको छ।”

यो भिसाका कारण कतिपय अवस्थामा सुरक्षाको चिन्ता  उत्पन्न भएको गृह मन्त्रालयले जनाएको छ । कतिपय अवस्थामा अवैध पैसा कमाउने र भ्रष्टाचारमा संलग्न व्यक्तिले पनि यो भिसाको अनुचित फाइदा उठाएका छन् ।

 के हो ‘गोल्डेन भिसा’ नियम

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० लाख पाउंड (२७ लाख अमेरिकी डॉलर) वा सो भन्दा बढी लगानी गर्ने जो कोहीलाई देशमा बसोबासको प्रस्ताव गरिन्छ र उनीहरूसँग परिवार राख्न अनुमति दिइन्छ। यो भिसा सम्बन्धी नियम सन् २००८ देखि लागू छ। सरकारले सबै देशका नागरिकका लागि यो भिसा सुविधा तत्काल बन्द गर्ने जनाएको छ ।

‘गोल्डेन भिसा’लिने अधिकांस रुसी

‘गोल्डेन भिसा’लिने अधिकांस नगरिक रहेका छन् ।  आलोचकहरूले लामो समयदेखि यो नीतिले बेलायतमा मनी लान्ड्रिङलाई सहजीकरण गरिरहेको छ  भनेर प्रश्न गरेका छन्। युक्रेनमा रुसी आक्रमणको खतराका कारण बेलायतमा रुसको पहुँचको चिन्ता बढेको छ । गृहमन्त्री प्रीति पटेलले सरकारको यो कदम गैरकानुनी पैसा/वित्तलाई रोक्नको लागि भएको बताइन् । “म यो सुनिश्चित गर्न चाहन्छु कि बेलायती जनताको प्रणालीमा विश्वास छ,” उनले भनिन्। एजेन्सी

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com