अमेरिकी अधिकारीलाई धम्कीपछि मेक्सिकोबाट अमेरिकामा एभोकाडो आयातमा रोक


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

अमेरिकाले मेक्सिकोबाट एभोकाडो आयातमा रोक लगाएको छ । अमेरिकी अधिकारीले धम्की पाएपछि मेक्सिकोको पश्चिमी राज्य मिचोआकानबाट अमेरिकामा एभोकाडो आयात रोकिएको छ ।

मिचोआकानमा निरीक्षण कार्य गरिरहेका अमेरिकी अधिकारीको मोबाइलमा धम्कीपूर्ण फोन आएको थियो । अमेरिकी कृषि पशु र बिरुवा स्वास्थ्य निरीक्षण सेवा विभागले अर्को सुचना जारी नहुँदासम्मका लागि एभोकाडो आयातमा रोक लगाइएको जनाएको छ ।

मिचोआकान अमेरिकामा एभोकाडो निर्यात गर्न एकमात्र स्वीकृतिप्राप्त मेक्सिकोको राज्य हो। अर्थात् मिचोआकानबाट मात्र अमेरिकामा एभोकाडो आउने गर्छ । मिचिओकानमा काम गर्ने सबै कर्मचारीहरूको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक उपायहरू अपनाउनेबारे अनुसन्धान भइरहेको सरकारले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रोटोकलहरूको पालना गर्दै अमेरिकी स्वास्थ्य एजेन्सीका कर्मचारीहरूले पठाइने एभोकाडोहरूको निरीक्षण गर्छन् । एक पटक स्वीकृत भएपछि, एभोकाडोहरूलाई प्याकेजिङ प्रक्रियामा लगिन्छ । अनिमात्र अमेरिकामा एभोकाडो आउने गर्छ ।

विगत ६ हप्तामा मात्र मिचोआकानबाट अमेरिकामा १ लाख ३५ हजार टन एभोकाडो आइसकेको छ । यस क्षेत्रको भौगोलिक स्थितिले आपराधिक संगठनहरू र एभोकाडो जस्ता अन्य उत्पादनबाट हुने नाफाबीच युद्धको अवस्था आउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com