क्यानडाका प्रधानमन्त्रीद्वारा आन्दोलन अन्त्य गर्न आग्रह


प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार

OTTAWA, ON – FEBRUARY 05: Thousands in support of the truckers gather on Wellington Street near Parliament Hill on February 5, 2022 in Ottawa, Canada. Truckers continue their rally over the weekend near Parliament Hill in hopes of pressuring the government to roll back COVID-19 public health regulations and mandates. (Photo by Minas Panagiotakis/Getty Images)

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले राजधानीमा भइरहेको आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उहाँले आग्रह गर्नुभएको हो ।

देशका विपक्षी दलका नेताहरूसँगको छलफलका क्रममा उहाँले आन्दोलन अन्त्यका लागि सहयोग गर्न पनि अनुरोध गर्नुभएको थियो ।

उहाँले विपक्षी दलका नेताहरुलाई आन्दोलनको अवस्था, त्यसको असर र समाधानका उपायका बारेमा जानकारी गराउनुभएको थियो । गत जनवरीको अन्त्यदेखि सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको र धेरै हानी नोक्सानी भएको बताइएको छ ।

क्यानडा सरकारले सिमा नाका पार गर्नका लागि चालकहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको हुनुपर्ने शर्त राखेपछि उनीहरू आन्दोलित भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सरकारले गरेको निर्णयका विरुद्धमा र अवैधानिक कार्यविरुद्धमा उभिनु र त्यसको अन्त्य गर्न संसदका सवै सदस्यहरूको दायित्व हो, यसमा सरकार मात्रै नभइ प्रतिपक्षी दलहरुको पनि जिम्मेबारी हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले आन्दोलन अन्त्यका लागि आँफुले र सरकारले विभिन्न पहल गरेको भएपनि अहिलेसम्म सफल हुन नसकेको पनि उल्लेख गर्नुभयो ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com