बेलायती सेनामा कार्यरत सुजन गुरुङविरुद्ध महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकमाथि आफ्नै महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ।

स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीका ‘सपोर्ट स्टाफ’ राइफलम्यान सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकमाथि यौन दुर्व्यहार गरेको आरोपमा अदालतमा मुद्धा चलेको छ ।

विहीबार मुद्धाको सुनुवाइको क्रममा वील्शायरस्थित बल्फोर्ड मिलिटरी कोर्टमा उपस्थित गुरुङले भने आफूमाथिको अभियोग अस्वीकार गरेका थिए ।

कोर्टको सुनुवाईमा दाबी गरिएअनुसार राइफलम्यान गुरुङले आफ्नो परिचय लुकाएर अरु कसैको रुपमा प्रस्तुत भएर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मादकपदार्थ सेवन गरेर रातको तीन बजे ती महिला सैनिक सुतिरहेको बेला उनको ढोका ढकढकाउन पुगेका थिए सुजन । मस्त निद्राबाट ब्युंझिन नपाउंदै उनलाई आफू अर्को एक गोर्खा सैनिक रहेको भन्दै सुजनले झुक्याउन खोजेका थिए । एक साताअघि ती महिला सैनिकले यौन सम्बन्ध राखेका अर्का सैनिकको परिचय बनाएर उनले फाइदा लिने कोशिश गरेको आरोप छ।

सुजनले ती महिला सैनिकलाई साथमा बोकेर ल्याएको रक्सी खान कर गरेका थिए । त्यसपछि उनले जबर्जस्ती रुपमा उनलाई चुम्बन गर्ने, उनले लगाएका कपडाहरु उठाउने र संवेदनशील अंगहरु छुने जस्ता हर्कत गरेको आरोप लगाइएको छ ।

सुजन अरुकै परिचय बनाएर आएको पत्ता लगाएपछि ती महिला सैनिकले त्यो बेला यौन सम्बन्ध राख्न नसक्ने तर भोलिपल्ट भेटेर रमाइलो गर्न सकिने भन्दै उनलाई पन्छ्याउने कोशिश् गरेकी थिइन् ।

‘सबै गोर्खाहरु उस्तै देखिने भएकाले म शुरुमा केही अलमलजस्तै परें, त्यसमाथि अध्यांरो पनि भएकाले झन् गार्हो पर्‍यो । तर उसको बोलीको लवज बिल्कुलै फरक रहेकाले पनि गलत व्यक्ति हो भन्ने बुझिहालें’, उनले भनिन्,’ अघिल्लो साता मसंगै सुतेको गोर्खाको नम्बर सेभ गरेकी थिएं, उसलाई फोन गरेपछि त सबै कुरा झन् स्पष्ट भयो।’

अदालतसामु सुजनले आफूमाथिको यौन दुर्व्यहारको अभियोग अस्वीकार गरेका छन् । मादकपदार्थ सेवनका कारण कडा नशामा रहेकाले आफूलाई कुनै कुरा याद नरहेको उनको भनाइ छ । नशाको उत्तेजनामा सहकर्मी महिलाको छातीमा छुन खोज्नेसम्म गरेको हुन सक्ने भएपनि त्यसबाहेक अरु कुनै दुर्व्यहार नगरेको उनले दाबी गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com