अब एनआरएनले नेपाललाई दिने बेला भएको छ


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

कुमार पन्त

१३ बर्षको अवधिमा एनआरएनए संगठन निर्माणको अभियानमा थियो । एनआरएनले गर्न खोजेका कामका उद्देश्य बुझाउन हामीले धेरै समय खर्च गरेका छौं । यो अवधिमा ७४ वटा एनसीसीहरु स्थापना भइसकेका छन् । एनआरएनए विदेशमा बस्ने ६० लाख नेपालीहरुलाई एकताबद्ध गर्नसक्ने संस्था भएको कुरामा संसारभर बस्ने अधिकांश नेपालीहरु कन्भिन्स हुनुहुन्छ । एनआरएनएले नेपालको विकाशका लागि महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने कुरामा विदेशमा बस्ने नेपालीहरुलाई विश्वास भएको छ ।

विशेषगरी एनआरएनका आफ्नै केही मुद्दाहरु पनि थिए । गैर आवासीय नेपाली नागरिकताको विषय प्राप्त भइसकेको छ । यस सन्दर्भमा ऐन बन्ने क्रममा छ । गैर आवासीय नेपालीहरुको विश्वास जित्न संस्था सफल भएको छ । अब यो संस्थाले अब नेपाललाई केही दिने बेला भएको छ । अहिले नेपाल नै रित्तिने गरी युवा पिढी बाहिरने क्रमलाई रोक्नुपर्छ भन्ने एनआरएनएको मुख्य उद्देश्य हो । त्यो उद्देश्यतिर अब लक्ष्यित हुनुपर्छ हाम्रा भावी कार्यक्रम ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा लगानी भित्राउनेतिर कार्यक्रम फोकस गर्नुपर्छ । त्यतातिर लगानीकर्ताहरुलाई उत्साहित गर्नुपर्छ । एनआरएनएको अबको एजेण्डा र उद्देश्य नेपालमा लगानीभित्राउने र युवाशक्ति एवं क्षमतालाई नेपालबाट पलायन हुनबाट रोक्ने हुनुपर्छ । एनआरएनले रोजगारीका अवशरहरु नेपालमा नै सृजना गर्नुपर्छ । विदेशमा सिकेको सिप, ज्ञान र आर्जन गरेको धन नेपालको विकाशका लागि उपयोग गर्ने वातावरण बनाउनुपर्छ । धनी नेपाल बनाउन सबै साधन श्रोतहरु नेपालका लागि उपयोग गर्नुपर्छ ।

त्यस्तै एनआरएनएको सांगठानिक संरचनामा परिवर्तन गर्नुपर्ने देखिएको छ । एनआरएनको संजाल बृहत भइसकेको छ । अहिलेसम्म श्रोत र साधन नभएकाहरु नेतृत्वमा पुग्ने वातावरण छैन । आर्थिक रुपमा सम्पन्न नभएका तर बौद्धिक रुपले सम्पन्न संस्थालाई हाँक्न लायकहरुलाई नेतृत्वमा लैजानुपर्छ । बौद्धिक साथीहरुलाई नेतृत्वमा ल्याउनुपर्छ । त्यसका लागि सांगठानिक संरचनालाई परिवर्तन गर्नुपर्छ । त्यस्तै संगठनलाई आर्थिक रुपमा सम्पन्न बनाउने अर्को एजेण्डा हुनुपर्छ ।

अर्कोकुरा नेपालमा लगानी गर्नका लागि एनआरएनहरुले सरकारलाई विश्वास गरेको देखिदैन । नेपालमा लगानी भित्राउन एनआरएनले सरकार र जनतासँग मिलेर अगाडि बढ्न योजनाहरु तर्जुमा गर्नुपर्छ । विकाशका लागि विदेशमा रहेको साधान श्रोत र सिपलाई नेपाल लैजान संजाल तयार गर्नुपर्छ । अब एनआरएनले नेपाललाई दिने बेला भएको छ । लगानीको क्षेत्रमा ठूला उपलब्धी हासिल गर्न बाँकी छ । राज्यको अर्थतन्त्र रेमिट्यान्सबाट चलेको छ । अर्थतन्त्रले गति लिन सकेको छैन । श्रोतलाई रोजगारीका अवशर सृजनागर्ने ठाउँमा लगानीका लागि छलफल चलाउनुपर्छ ।

पन्त एनआरएन आईसीसीका उपाध्यक्ष हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com