ग्रिनकार्ड वा नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड किन अपडेट गर्नुपर्छ ?
प्रकाशित मिति : माघ २३, २०८० मंगलबार
Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)
तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ सोसल सेक्युरिटी नम्बर भने लिनु पर्दैन । तपाईको पूरानै नम्बरमा रेकर्ड अपडेट गर्न आवश्यक छ ।
ग्रिनकार्ड वा नागरिकता लिइसकेपछि तपाई कम्तीमा १० दिन पछाडि सोसल सेक्युरिटी अफिसमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्छ । नागरिकता लिइसकेपछि सपथग्रहण समारोह भएको कम्तीमा १० दिन प्रतिक्षा गर्न युएससीआईएसले सुझाव दिएको छ । ग्रिनकार्ड प्राप्त गरिसकेपछि ओरिजिनल ग्रिनकार्ड सहित सोसल सेक्युरिटी अफिसमा जानुपर्छ भने नागरिकता लिइसकेपछि नागरिकताको प्रमाणपत्र वा पासपोर्ट लिएर जानुपर्छ ।

जागिरका लागि, सोसल सेक्युरिटी सुविधा लिन र अन्य सरकारी सुविधा प्राप्त गर्नका लागि तपाईको सोसल सेक्युरिटी रेकर्ड ठीकठाक हुन आवश्यक छ । तपाईलाई काममा लगाइसकेपछि रोजगारदाताले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वेवसाइटमा आधारित प्रणालीमा तपाईको सोसल सेक्युरिटी हालेर तपाई काम गर्न योग्य भए नभएको निर्धारण गर्न सक्छन् ।
यदि तपाईको सोसल सेक्युरिटी रेकर्ड अपडेट नभएको खण्डमा रोजगारदाताले प्राप्त गर्ने कामको योग्यता सम्बन्धि विवरणमा फरक पर्नसक्छ । किनभने अमेरिकामा कतिपय कामका लागि ग्रिनकार्ड हुन अनिवार्य हुन्छ भने कतिपय कामका लागि अमेरिकी नागरिकता हुनसमेत अनिवार्य हुन्छ ।





