रुसी सेना सीमामा आउँदैमा युद्धबाट नडराउन पश्चिमी देशहरूलाई युक्रेनका राष्ट्रपतिको अपील


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेना तैनाथ हुँदैनमा युद्धबाट नडराउन पश्चिमी देशहरूलाई अपिल गरेका छन् ।

उनले पत्रकारहरूसँग कुरागर्दै भने ‘कुनै पनि समय आक्रमण हुन सक्छ’ जस्ता चेतावनीहरूले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको छ।

यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । उनले यसलाई बलियो सम्भावना भनेका छन् ।

अर्कोतर्फ रुसले पनि निरन्तर यही कुरा गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ । शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल युक्रेनको रुससँगको सीमामा करिब एक लाख सैनिक तैनाथ छन् । जसका लागि अमेरिका र पश्चिमा देशले लगातार युद्धको चेतावनी दिइरहेका छन् ।
यता युक्रेनका राष्ट्रपतिले आफ्नो भर्खरैको वक्तव्यमा सेनाको यो तैनाथीलाई पछिल्लो पटकभन्दा ठूलो खतराको रूपमा नदेखेको बताएका छन्।

पत्रकार सम्मेलनमा उनले सम्मानित देशका नेताबाट भोलि युद्धको सम्भावना देखिएलगत्तै चेतावनी दिइएको बताए । यसले आतंकको वातावरण सिर्जना गर्छ, यसले हाम्रो देशलाई कत्तिको असर गर्छ?

सम्बोधनमा उनले देशभित्रको यस्तो त्रास र अस्थिरताको अवस्था देशका लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

रुसको माग

ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नले राष्ट्रपतिले फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्ने प्रबल सम्भावना रहेको बताएकी छन् । उनले यो कुरा सार्वजनिक रूपमा भनेका छन् र हामीले धेरै महिनादेखि चेतावनी दिइरहेका छौं।

प्रवक्ताका अनुसार युक्रेनका राष्ट्रपतिसँगको वार्तामा राष्ट्रपति बाइडेनले युक्रेनमा रुसले आक्रमण गरेमा अमेरिका र उसका सहयोगीहरूले रुसलाई निर्णायक जवाफ दिने बताएका छन् । तर , रुसले आक्रमणको डरलाई अस्वीकार गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुसामु धेरै माग राखेका छन् । उनले ती देशहरूलाई युक्रेनलाई कहिले पनि नेटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन्। बिबिसि

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com