चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता,युक्रेन बारे कुराकानी


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उहाँहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो ।

युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन् ।

तर यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ । कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका अतिरिक्त उहाँहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको द्धिपक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयले उक्त द्धिपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com