परीक्षा अनुचित तरिकाले सञ्चालन भएको भन्दै भारतको बिहारमा युवाहरुले रेलमा लगाए आगो


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा आगो लगाएका छन् । आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी चार्ज गरी नियन्त्रणमा लिनुपरेको बताइएको छ ।

सरकारद्वारा सञ्चालित रेल क्षेत्रका लागि प्रवेश परीक्षा अनुचित तरिकाले सञ्चालन भइरहेको छ भन्ने युवा जागिर आवेदकहरूको दाबीमाथि बिहार राज्यमा हप्ताको सुरुदेखि नै विरोध भइरहेको थियो ।

सोमबारको दिन सानो परिमाणमा विरोध प्रदर्शन सुरु भए तापनि प्रहरी र प्रदर्शनकारीबीच तनाब बढ्दै जाँदा ठूलो भीड जम्मा भएको थियो ।

भीडले रेलका गाडीहरूमा ढुंगा हान्ने, रेल मार्ग अवरुद्ध गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीका पुत्ला जलाउनेजस्ता कार्य गरेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनमा सहभागी भएको आरोपमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरिएको छ । बिहार र छिमेकी उत्तर प्रदेशका रेलवे स्टेशनहरूमा प्रदर्शन भएको छ ।

प्रहरीले व्यापक दमन गरेको भन्दै आलोचना गरिएको छ । सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक दृष्यहरूमा प्रहरीहरू शंकास्पद प्रदर्शनकारीको घरमा घुसेको र उनीहरुलाई लठ्ठीले हिर्काएको देखाइएको छ ।

यस आक्रमणको निन्दा गर्दै विपक्षी दलकी विधायिक प्रियंका गान्धीले ट्विटर पोस्ट भन्नुभएको छ, “युवाहरूलाई बेरोजगारीको विषयमा कुरा गर्ने अधिकार छ ।”

रोजगारी लामो समयदेखि भारतीय अर्थतन्त्रका लागि घाँटीमा जाँतोको ढुङ्गा सरह बनेको छ । सन् १९७० को दशकदेखि भारतीय रोजगारी दरमा समस्या रहँदै आएको र यो कोभिड–१९ महामारीका कारण थप सङ्कटको अवस्थामा पुगेको सरकारी तथ्याङ्कहरूले देखाएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार हालको रेलवे सेवामा रोजगारीका लागि लिइएको परीक्षामा १० लाखभन्दा बढी मानिसहरूले ३५ हजार खाली स्थानका लागि प्रतिस्पर्धाका लागि निवेदन दिएका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com