राष्ट्रपति बाइडेनले फक्स न्यूजका पत्रकारलाई भने – ‘स्टुपिड सन अफ बिच’


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले फक्स न्यूजका पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भनेको भिडियो आवाजसहित क्यामेरामा कैद भएको छ । पत्रकार सम्मेलन लगभग सकिएपछि पत्रकारले मुद्रास्फीतिबारे प्रश्न सोधेपछि बाइडेनले हल्लाबीच विस्तारै ‘स्टुपिड सन अफ बिच’ भनेका थिए तर उनको  अगाडिको माइकले यो आवाजलाई पक्रेको छ ।

बाइडेन माइक अन भएकोबारे जानकार थिए की थिएनन् भन्ने स्पष्ट छैन तर यो क्षण भिडियो क्यामेरामा कैद भएको थियो । ‘के तपाईलाई लाग्छ कि मुद्रास्फीति मध्यावधी चुनावसम्म जाने राजनीतिक उत्तरदायीत्व हो ?’ भनेर फक्स न्यूजका ह्वाइटहाउस सम्बाददाता पीटर डूसीले सोधेका थिए ।

‘हैन, यो त एकदमै ठूलो सम्पत्ति हो’ भन्दै बाइडेन व्यंग्यात्मक तरिकाले भुनभुनाएका थिए । उनले ‘थप मुद्रास्फीति, कस्तो मुर्ख कुकुरको छाउरो’ भन्दै विस्तारै बोलेका थिए । पत्रकार डुसीले भने हल्लाबीच आफूलाई गाली गरेको सुनेका थिएनन् । उनलाई पछि अरु पत्रकारहरुले यसबारे जानकारी दिएका थिए ।

डुसीले ह्वाइट हाउस प्रेस सेक्रेटरी र राष्ट्रपति बाइडेनलाई मुद्रास्फीति, अध्यागमन, अपराध लगायतका विषयमा कडा प्रश्नहरु सोध्दै आएका छन् । आफूलाई बाइडेनले स्टुपिड सन अफ बिच भनेको प्रसंगबारे बोल्ने क्रममा पत्रकार डुसीले हाँस्दै भने -‘कसैले पनि अहिलेसम्म यसबारे अहिलेसम्म कसैले फ्याक्ट चेक गरेर बाइडेनले यसो भनेका होइनन् भनेका छैनन् ।’

बाइडेनले पछि यसबारेमा छलफल गर्न डुसीलाई फोन गरेका थिए । आफ्नो फोनमा सम्पर्क गरेर यसलाई व्यक्तिगत रुपमा बाइडेनले आग्रह गरेको पत्रकार डुसीले जानकारी दिएका छन् । बाइडेले फोन गरेकोमा उनले प्रशंसा गर्दै आफूहरुबीच राम्रो कुराकानी भएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com