गोली लागेर घाइते न्युयोर्क सिटी प्रहरी अधिकारीको मृत्यु, अर्का प्रहरीको अवस्था गम्भिर


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

न्युयोर्क सिटीको हार्लममा भएको गोली प्रहरको घटनामा घाइते न्युयोर्क सिटी प्रहरीका एकजना अधिकारीको मृत्यु भएको छ । घाइते अर्का अधिकारीको अवस्था गम्भिर रहेको जनाइएको छ ।

घरेलु हिंशाबारेको फोनकल आएपछि घटनास्थल पुगेका प्रहरीमाथि गोली प्रहार भएको हो । हार्लमको वेष्ट १३५ स्ट्रीट र लिनक्स एभिन्युमा उक्त घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका आमाछोरा संलग्न घरेलु हिंशाको घटनाको खबर पछि प्रहरी पोशाकमै पुगेका उनीहरुमाथि गोली हानिएको हो ।

प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई पनि गोली हानिएको छ । उक्त व्यक्तिको पनि घटनास्थलमा नै मृत्यु भएको छ ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरीहरु पुगेका थिए भने आकाशमा हेलिकोप्टर समेत घुमेका थिए ।

प्रहरीले उक्त क्षेत्रमा सर्वसाधारणहरुलाई सकभर नजान भनेको छ । नजिक जानुपर्ने भएमा वैकल्पिक बाटोको प्रयोग गर्न र प्रहरीको उपस्थीति अपेक्षा गर्न भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com