ओमिक्रोनले अमेरिकी आर्थिक वृद्धिमा सामान्य प्रभाब पर्ने तर कमजोर नबन्ने : एलेन


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

कोरोनाभाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाब पारेपनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताउनुभएको छ ।

“ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,” विभिन्न शहरबाट वासिङ्टनमा भेला भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्कैपनि, ओमिक्रोनले एउटा चुनौती प्रस्तुत गरेको छ आगामी महिनाहरूमा केही तथ्याङ्कलाई असर गर्ने सम्भावना छ, तर म विश्वस्त छु कि यसले एक शताब्दीको सबैभन्दा बलियो आर्थिक अर्थतन्त्रलाई कमजोर पार्ने छैन ।”

ओमिक्रोनको सङ्क्रमणले गर्दा थुप्रै अमेरिकीहरूले आफ्नो रोजगारीलाई निरन्तरता दिन कठिन परेको छ । कर्मचारीहरूको अभावले गर्दा एयरलाइन्सले क्रिसमसदेखि हजारौं उडानहरू रद्द गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कोभिड–१९ को वृद्धिको परिणामस्वरूप सन् २०२२ को पहिलो चौमासिकमा आर्थिक वृद्धि सुस्त हुने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् ।

तर एलेनले आफ्नो ह्वाइट हाउसको नियुक्तिको केही हप्तापछि मार्च २०२१ मा कांग्रेसद्वारा पारित अमेरिकी उद्धार योजनालाई अघि बढाउने देखिएको छ । “अमेरिकी अर्थव्यवस्थालाई कमजोर हुन नदिन उहाँले पहिलो कदममा खोप अभियानलाई महत्व दिनुभएको छ ।

एलेनले आकस्मिक कोषबाट ३५० अरब अमेरिकी डलर स्थानीय सरकारहरूलाई कोभिडविरूद्धको लडाईमा प्रयोग गर्न दिएको कुरालाई छलफलमा विशेष महत्व दिने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com