राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ


प्रकाशित मिति : माघ १, २०७८ शनिबार

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो । मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले हत्याको योजना बनाउनुका साथे हतियार उपलब्ध गराएको आरोप लगाएका थिए ।

फोर्सका प्रवक्ता डेनिस ब्रुक्सले कसको आग्रहमा जोसेफलाई पक्राउ गरिएको हो भन्ने बारे चाहिँ खुलाएनन् । अमेरिकाको एफबीआईले पनि उक्त हत्याकाण्डको अनुसन्धान गरिरहेको छ । मियामी हेराल्डका अनुसार हाइटीको प्रहरीले तयार गरेको १२४ पृष्ट लामो अनुसन्धान प्रतिवेदनमा राष्ट्रपतिको हत्यामा जोसेफको भूमिका प्रमुख रहेको थियो ।

गत महिना हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाका पूर्व सैन्य अधिकारी मारियो एन्टोनियो पालासियोस अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै, घटनामा संलग्न रहेको आरोपमा अन्य थुप्रै जनालाई पक्राउ गरिएको छ । मोइसको हत्याकाण्डको छानबिन निकै सुस्त भएको आरोप लागिरहेको छ । त्यसमाथि मुख्य अधिकारीहरूको राजीनामाले यसमा थप प्रभाव परेको छ । अनुसन्धान अधिकारीहरूले आफूहरूलाई ज्यान मार्ने धम्की समेत आएको बताएका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com