ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान, हरेक विधामा १ हजार डलर पुरस्कार


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)द्वारा हरेक वर्ष प्रदान गरिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट आवेदन आह्वान गरिएको छ ।

यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकाशित/प्रशारित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको शिफारिस गर्न संचारसंग सम्बन्धित विभिन्न संघसंस्था, संचार जगत, पाठक समुदाय वा स्वयं उम्मेदवारलाई समेत आह्वान गरेको छ ।

यसैगरी यसै वर्षवाट इन्जाले ग्लोवल नेपाली संचार प्रतिष्ठानको अवधारणा अनुसार संचारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ । नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहांको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुग्नु भएका अर्थ विज्ञ स्व. डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी पुरस्कारको राशी हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ ।

साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा शिफारिश गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिंक वा भिजुअल प्रति इञ्जाको अफिसियल इमेल [email protected] मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्नेछ ।

यी सवै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ । ईन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com