कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु सुन्दै डरलाग्दा !


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ । सम्बन्धविच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरु लागू हुने गर्छ । तर, देश र कानुनअनुसार सम्बन्धविच्छेद फरक–फरक प्रकृतिको हुन्छ । कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु पनि सुन्दै डरलाग्दा हुन्छन् ।

न्यूज डट कम डल एयूका अनुसार अष्ट्रेलियामा बस्दै आएका नोम हुपर्ट इजरायल गएका थिए तर अब उनलाई इजरायल बाहिर जान निषेध गरिएको छ । उनकी श्रीमतीले उनको विरुद्ध मुद्दा दायर गरेपछि उनलाई इजरायल छोड्न निषेध गरिएको हो ।

इजरायलको एउटा अदालतका अनुसार उनलाई ९९९९ डिसेम्बर ३१ सम्म देश छोड्न नपाउने फैसला भएको छ । श्रीमतीले सम्बन्धविच्छेदको लागि श्रीमानलाई ८ हजार वर्ष कैदको शर्त राखेकी थिइन।

उनले यो सजायबाट बच्नका लागि ३ मिलियन डलर दिनुपर्ने हुन्छ । उनलाई उक्त पैसा बालबच्चाको लालनपालनका लागि दिनुपर्ने हुन्छ । अदालतले तोकेको पैसा तिरेमा मात्र उनलाई छुटकारा दिइने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस प्रकरणमा बेलायतका पत्रकार म्यारिन्ने अजिजले यस्तो समस्या धेरै अष्ट्रेलियाका नागरिकलाई हुनसक्ने बताएका छन् । उक्त व्यक्ति सन् २०१२ मा आफ्ना दुई बच्चासहित इजरायल आएका थिए । उनकी श्रीमती इजराइलमा नै थिइन् । उनले सोही समयमा नै मुद्दा दायर गराएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com