अर्घाखाँचीमा जिप दुर्घटनाहुँदा ११ जनाको मृत्यु, ६ घाइते


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

अर्घाखाँची जिल्लाको हंसपुर गाविस रतनमारे मा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र छ भने ६ जना घाइते भएका छन् । सदमुकाम सन्धिखर्कबाट प्यूठानको बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको यात्रुवाहक जीप हंसपुरको रतनमारेमा करिव पौने चारबजेको सयममा दुर्घटना भएको नेपालका संचारमाध्यमहरुले जनाएका छन् । ९ जनाको घटनास्थलमै र दुइ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । गाडी सडकबाट करिव ५ सय मिटर तल खसेको थियो ।

मत्यु हुनेमा गाडी धनी सन्धिखर्क नगरपालिका वडा नंम्बर १० का वर्ष ४८ नारायण राना, गुल्मी पुर्कोदह वर्ष ५९ का भेषबहादुर थापा, गुल्मी भनभनेका वुद्धिराम परियार, प्यूठान बाङ्गेमरोठ वर्ष ६८ की शोभासिंह रोका मगर, हंसपुर ५ का वर्ष ४५ का राम बहादुर घर्ती, हंसपुर ४ का वर्ष ३५ मिनबहादुर केसी, हंसपुर १ वर्ष ३६ का देव बहादुर थापा, सन्धिखर्क – २ वर्ष ३० की सिता नेपाली, हंसपुर ५ वर्ष ५५ का हुम बहादुर घमको घटना स्थलमै मृत्यु भएको नागरिकन्यूजले जनाएको छ ।

धारापानीकी वर्ष ३६ की कमला पौडेल र गुल्मी पुर्कोटदहका वर्ष ३७ शिवबहादुर कुवँरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुजनराज राजभण्डारीले उकालोमा व्रेकफेल भएका कारण दुर्घटना भएको हुन सक्ने बताए। ‘उकालोमा व्रेकफेल भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ’ उनले भने, यस विषयमा गहिरो अनुसन्धान गर्छौं ।’ चालक गुल्मी हाडडाडेका यमबहादुर सिरिस प्रहरीको नियन्त्रणमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइते प्यूठान वादीकोट ८ वर्ष ३८ का जिवलाल पोख्रेल, गुल्मी पुर्कोटदह ४ वर्ष ३४ का यमकला कुवँर, सन्धिखर्क २ बस्ने वर्ष ११ को अर्जुन नेपाली, खनदह गाविस वडा नं। १ वर्ष २५ का सुरज खनालको उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । धारापानी ६ वर्ष ११ मिना पौडेल, धरापानीकै वर्ष १३ कविता पौडेलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बताए । प्यूठान सौतामारेका वर्ष ३० का केशर बहादुर जिसी सिटबाट फुङगालेर बाच्न सफल भएका छन् । घाइतेहरुको स्थानीय र प्रहरीले करिव डेढ घण्टा लगाएर उद्धार गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com