न्युयोर्कको क्वीन्समा ट्रेनको भाडा छल्न गेट नाघ्न खोज्ने व्यक्तिको टाउको ठोकिएर मृत्यु
प्रकाशित मिति : पुस १८, २०७८ आईतबार
न्युयोर्कको क्वीन्समा ट्रेनको भाडा छल्न भाडा तिर्ने उपकरण जडित गेट नाघ्न खोज्ने व्यक्तिको टाउको ठोकिएर मृत्यु भएको छ । क्वीन्सको फरेष्ट हिल ७१ एभिन्यु स्टेशनमा टर्नस्टाइल नाघ्न खोज्दा २८ बर्षीय पुरुषको मृत्यु भएको छ ।
उक्त घटना आइतबार विहान पौने ७ बजे भएको प्रहरीले जनाएको छ । टर्नस्टाइल नाघेपछि सिमेन्टको भूईमा टाउको ठोकिएको र उनको घटनास्थलमा नै निधन भएको प्रहरीको भनाई छ ।

मृत्यु हुने व्यक्तिको परिचय तत्काल सार्वजनिक गरिएको छैन । यो स्टेशनमा ई, एफ, एम र आर ट्रेनहरु संचालनमा रहेका छन् । न्युयोर्क सिटीको सबवेमा एकपटक ट्रेन चढ्दा २ डलर ७५ सेन्टस तिर्नुपर्छ ।






