प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्दछन् यो देशका राजा,केटीले बिरोध गरे परिवारले ठूलै जरिवाना तिर्नु पर्ने


प्रकाशित मिति : पुस १७, २०७८ शनिबार

विवाहित श्रीमान र श्रीमतीमा विवाहपछि केही खोट भएमा वा समझदारी कायम हुन नसकेमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया चालिन्छ । चाहे त्यो श्रीमानमा होस् वा श्रीमतीमा । तर विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ ।

उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरैजसो देशमा राजतन्त्र विस्तारै समाप्त हुँदै छ ।  केही देशमा मात्रै राजतन्त्र कायम छ । त्यस मध्येको एक अफ्रिकी देश स्वाजिल्यान्ड पनि हो । यहाँको राजाका व्यवहार बारे थाहा पाउँदा तपाई पनि अचम्म लाग्ला ।

देश स्वतन्त्र  भएको ५० वर्ष पुरा भएपछि यहाँका राजाले २०१८ मा देशको नाम फेरेर द किंगडम अफ इस्वातिनी राखेका छन् । यो देश अफ्रिकी महाद्विपमा दक्षिण अफ्रिकासँगै जोडिएको छ ।

दक्षिण अफ्रिका र मोजाम्बिकको सीमासँग जोडिएको यो देश यहाँको राजाका कारण सधैजसो चर्चामा आउने गरेको छ । यो देशमा प्रत्येक वर्ष अगस्ट–सेप्टेम्बर महिनामा महारानीको आमाको शाही गाउँ लुदजिजिनीमा उम्हलांवगा महोत्सव आयोजना गरिन्छ । यो वर्षमा १० हजार भन्दा बढी कुमारी केटी र बालिकाहरुले सहभागिता जनाउँछन् । यहाँका राजाको अगाडि कुमारी केटी आफ्नो नृत्य देखाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक रिपोर्ट अनुुसार पर्वमा सहभागि हुने केटीहरुमध्ये एकलाई राजाले प्रत्येक वर्ष आफ्नो रानी बनाउँछन् । सबै भन्दा अचम्मको कुरा के छ भने यी केटीहरु बिना कपडा राजा र उनको सम्पूूर्ण प्रजाको अगाडि नृत्य गर्छन् ।

यो परम्पराको कयौँ युवतीले बिरोध गर्ने गर्छन् । कतिपयले यो परेडमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् । राजाले यसबारे थाहा पाएपछि  केटीहरुको परिवारले ठूलै जरिवाना तिर्नु परेको घटना पनि सार्वजनिक छ । यहाँका राजाले अत्यन्तै शानदार जीवन बिताउने गरेको आरोपसमेत लाग्ने गरेको छ । यहाँका धेरैजसो जनता अत्यन्त गरिबीमा जीवन यापन गर्दै आएका छन् ।  एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com