बाइडेनले हटाए दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाएका छन् । मंगलबार घोषणा जारी गर्दै बाइडेनले डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने घोषणा गरेका छन् ।

यसअगाडि बाइडेनले प्रतिबन्ध हटाउने घोषणा गर्नेबारे ह्वाइट हाउसले बताएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो ।

प्रतिबन्ध हटाइएसँगै विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका प्रवेशको अनुमति दिइने छ । सीडीसीको सिफारिसपछि यस्तो निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले गत नोभेम्बर २९ देखि साउथ अफ्रिका, बोत्सावना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मालावीबाट गैर अमेरिकी नागरिकबाहेकका अन्यलाई अमेरिका आउनमा रोक लगाएका थिए । विगतमा लगाएको प्रतिबन्धले ओमिक्रोन भेरियन्टलाई बुझ्न समय प्राप्त भएको तथा अहिलेका भ्याक्सिनहरुले ओमिक्रोन भेरियन्टबिरुद्ध काम गर्ने पाइएको ह्वाइट हाउस प्रवक्ता मुनोजले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com