डुङ्गा दुर्घटनामा मृत्यु भएका १६ जनाको शव इराकमा ल्याइयो


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् । शव बोकेको सो विमान उत्तरी इराकको स्वायत्त क्षेत्रको राजधानी अर्बिलमा बिहान करिब २ बजे आइपुगेको थियो ।

ती शवहरुलाई विमानबाट एम्बुलेन्समा स्थानान्तरण गरी उनीहरूको गृहनगर दरबन्दीखान, रान्या, सोरान र काद्रावामा पु¥याइएको समााचारमा जनाइएको छ ।

गत नोभेम्बर २४ मा भएको यस दुर्घटनामा कम्तीमा २७ जनाको ज्यान गएको थियो । यो च्यानल फ्रान्सबाट इङ्गल्याण्डसम्मको गोप्य आप्रवासी क्रसिङको हब बनेपछिको यो सबैभन्दा घातक दुर्घटना भएको जनाइएको छ । अर्बिल एयरपोर्टको टर्मिनलमा परिवारजनहरू आफ्ना प्रियजनको अवशेषको आगमनको लागि पर्खिरहेका थिए, कोहीले एकअर्कालाई अँगालो हाल्दै वा आफ्ना स्वर्गीय आफन्तहरूको फोटो देखाउँदै पर्खिरहेका थिए ।

२७ पीडितहरू प्रायः पुरुष थिए तर सात महिला, एक १६ वर्षीया र एक सात वर्षीय बालक पनि रहेका जनाइएको छ । १६ इराकी कुर्दहरू बाहेक, पहिचान गरिएका २६ मध्ये एक इरानी कुर्द, चार अफगान पुरुष, तीन इथियोपियाली, एक सोमालियाली र एक इजिप्टियन रेहका जनाइएको छ । डुङ्गा पल्टिँदा इराकी कुर्द र एक सुडानी नागरिकको मात्रै उद्धार गरिएको फ्रान्सेली गृह मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इराकी जीवित व्यक्तिका अनुसार जहाजमा जम्मा ३३ जना सवार रहेका थिए । फ्रान्सेली अन्वेषकहरूले अझै पनि प्रकोपको समयमा के भयो भन्ने स्पष्ट चित्र स्थापित गर्ने प्रयास गरिरहेका छन् ।

प्रकोपले लन्डन र पेरिस बीचको ठूलो कूटनीतिक तनाव पनि निम्त्याएको छ । दुर्घटनाको ४८ घण्टाभित्र, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई क्रसिङ रोक्नको लागि आफ्नो दृष्टिकोणमा “गम्भीर“ नभएको आरोप लगाउनु भएको थियो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com