ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु्


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ ।

साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ ।

यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ ।त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।

यहाँका ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । ब्राजिल विश्वमै कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्दछ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ ।एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com