अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्यु
प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार
अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् ।
कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ ।
७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ ।
गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।





