कांग्रेसका नवनिर्वाचित महामन्त्री शर्माद्वारा सशस्त्र द्वन्द्वका घाइतेलाई सम्मान
प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार
dxfdGqL zdf{ M hgcfGbf]ngsf] 3fOt]nfO{ dfnf sfe|]knf~rf]s, @ k’; M g]kfnL sfFu|];sf gjlgjf{lrt dxfdGqL ljZjk|sfz zdf{ bf];|f] hgcfGbf]ngsf 3fOt] sfe|]knf~rf]ssf] ag]kf gu/kflnsf* sf d’s]z sfo:ynfO{ z’qmaf/ pxfFs} 3/df e]63f6sf qmddf ;Ddfg:j?k gd:sf/ ub}{ . nf]stGqsf vflt/ hgcfGbf]ng eO/xFbf @)^@ r}t @& ut] !% jifL{o d’s]znfO{ ag]kfsf] tLg bf]af6f]df afFof s~r6df k|x/Lsf] uf]nL nflu uDeL/ 3fOt] x’g’ePsf] lyof] . To; lbgb]lv pxfFsf] xf]; cem} v’Ng ;s]sf] 5}g eg] afFof xft /fd|f];Fu rNb}g . uf]nLsf] 3fp lgsf] eP klg d’s]zsf] 6fpsfdf ulx/f] vfN8f] 5 . t:jL/ M /fhs’df/ k/fh’nL÷/f;;
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गर्नुभएको छ ।
शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी सङ्घका नेता गिरीलाई भक्तपुरको लोकन्थलीस्थित उहाँकै निवासमा आज भेटेर महामन्त्री शर्माले सम्मान गर्नुभएको हो । सो अवसरमा महामन्त्री शर्माले नेता गिरी शान्तिको बाटो बिराएर हिंसात्मक राजनीतिको बाटोमा हिँड्दा उत्पन्न परिस्थितिको अमिलो अध्यायको प्रतिनिधि पात्र भएको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीमा नवनिर्वाचितदेखि सम्पूर्ण कांग्रेसजनले गिरी जस्तै जनआन्दोलन र द्वन्द्वमा प्रातडना भोगेका योद्धा तथा शहीदलाई बिर्सन नमिल्ने बताउनुभयो । अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा शर्माले आफूलाई लगाई दिएका माला र खादा यसैगरी गिरीलाई लगाई सम्मान गर्नुभएको थियो ।
काभ्रेको कार्तिके देउरालीका गिरी २०५८ सालमा २३ वर्षको उमेर हुँदा तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते हुनुभएको थियो । नेता गिरिले कांग्रेस आफ्ना मूल सिद्धान्तबाट विचलित हुन्छ कि भन्ने चिन्ता लागेकामा अब युवा पुस्ताले खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले जनआन्दोलन र द्वन्द्वका घाइते तथा शहीद परिवारको गासबास व्यवस्थापनमा सरकार र राजनीतिक दलले विशेष ध्यान दिनपर्ने माग गर्नुभयो ।
बिहीबार महामन्त्रीमा निर्वाचित शर्माले सोही साँझ कांग्रेस संस्थापक नेता बिपी कोइरालालाई जेलमा राखिएको हालको सुन्दरीजल सङ्ग्रहालय पुगेर त्यहाँको माटो ढोग्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मत परिणाम बिहीबार मात्र आएको हो । कांग्रेसमा सभापतिपछि कार्यकारी मानिने महामन्त्रीमा छ उम्मेदवार रहेकामा गगनकुमार थापा र शर्मा निर्वाचित हुनुभएको छ ।





