नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदै रामचन्द्र पौडेलले भने– “मैले बुझेको कांग्रेस अहिले छैन,विचलन आइरहेको अनुभव गर्नुपरेको छ”


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गर्नुभएको छ । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उहाँले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गर्नुभएको छ । नेता पौडेलले भन्नुभयो, “मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।” उहाँले पार्टी सत्ताको भ-याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि उहाँले विज्ञप्तिमा गर्नुभएको छ ।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराउनुभएको छ । उहाँले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

“लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,” उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com