एनआरएनमा देखिएको विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताउनुभएको छ ।  एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गर्नुभयो ।

सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो ।

सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ ।

सङ्घका प्रमुख संरक्षक डा घलेले भन्नुभयो “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ । ” कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताउनुभयो । कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com