संखुवासभा सपरिवार हत्याः एकजना मार्न खोज्दा अरुले देखेपछि सबैको हत्या गरेको आरोपीको बयान


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले एकजनालाई मार्न खोज्दा अरुले पनि देखेपछि परिवार नै सिध्याउनुपरेको बयान दिएका छन् । हत्याको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीले यस्तो बयान दिएको प्रहरीको भनाई छ ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै कार्कीलाई पक्राउ गरेको थियो । उनी नाताले तेजबहादुरका भतिजा हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लोकबहादुरले  तेजबहादुर कार्कीलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको बयान दिएका छन् ।

प्रहरीकाका अनुसार ज्यान गुमाएका तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी दावी छ ।

मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ।

गत सोमबार  तेजबहादुर कार्की, आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र  नातिनी गोमाको हत्या भएको थियो।

सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी थिइन् ।

तेजबहादुरकी पत्नी कमला र ३ बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो।  नाति दिपेन र नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको थियो । मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका थिए।

सकुशल भेटिएका ८५ वर्षीय बौदमान आइतबार साँझ खाना खाएर सुतेका थिए । बिहान उठेर हेर्दा कोही नदेखेपछि खोजी गर्ने क्रममा बौदमानले सबैभन्दा पहिले श्रीमतीलाई मृत भेटे। त्यसपछि उनले छिमेकीलाई खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ११ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो।

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्।

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com