संखुवासभा हत्या: ७ बर्षकी बालिकासहित ६ जनाको परिवारै सखाप, प्रहरी भन्छ- ‘रहस्यमय’


प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार

एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।

‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले भने। बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।

तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो। ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए। मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका थिए। काम गर्न जाँदा लगाउने लुगा लगाएको र गम्बुट, चप्पलसहित भएकाले उनीहरूको हत्या बिहान वा बेलुकीको समयमा भएको हुन सक्ने स्थानीयको अनुमान छ। गम्बुट र चप्पल लगाएकाले भाग्दाभाग्दै उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ।

वडा–१ का वडाध्यक्ष खेमनाथ कटुवालले ५/६ जनाको हत्या भएको भन्दै बौदमानका छिमेकीले आफूलाई फोन गरेको जानकारी दिए। ‘यहाँ चाँडो आउनुहोस् भनेर फोन आउँदा मलाई पत्यार नै लागेको थिएन,’ उनले भने। वडाध्यक्ष कटुवाललाई बिहान ९ बजेतिर फोन गर्ने बौदमानका छिमेकी लक्ष्मीभक्त कार्की थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कृषि पेसामा आबद्ध सामान्य आर्थिक अवस्था भएको परिवारको हत्या किन गरियो भन्ने आँकलन गर्नै सकिएन, लक्ष्मीभक्तले भने। हत्यापछि गाउँ नै त्रसित रहेको उनले बताए। सकुशल भेटिएका ८५ वर्षीय बौदमान आइतबार साँझ खाना खाएर सुते। बिहान उठेर हेर्दा कोही नदेखेपछि खोजी गर्ने क्रममा बौदमानले सबैभन्दा पहिले श्रीमतीलाई मृत भेटे। त्यसपछि उनले छिमेकीलाई खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ११ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। घरबाट ५ मिनेट टाढा छिमेकी रहे पनि बिहान मात्र घटनाका बारेमा जानकारी पाए।

वृद्धकी श्रीमती पार्वता कार्कीको शव घरैभित्र भेटिएको थियो। परिवारका अन्य ५ जनाको शव भने यत्रतत्र छरिएको प्रहरीले जनाएको छ। घटना रहस्यमय भएकाले थप अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको टोली घटनास्थल आइपुगेको छ। डीएसपी सुवेदीले भने, ‘घटना हेर्दा भाग्ने क्रममा हत्या गरेको जस्तो देखिन्छ। जिल्ला नै सिल गरेर अनुसन्धान भैरहेको छ ।’

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी लक्ष्मीभक्तले पीडा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झगडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा उनीहरूको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com