नारायणहिटीमा बेलायतकी महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक, अर्को बकिंघम दरबारमा


प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार सार्वजनिक गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी बीरेन्द्र बीर बिक्रम शाहको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।

बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच

यस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच सर्वसाधारणका लागि खुला गरिएको थियो । एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक पटक प्रतिवद्धता जनाएपनि सरकारले तीनबर्ष अगाडि श्रीपेच सार्वजनिक गरेको थियो ।

विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच राखिएको छ। संग्रहालय जानेले श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, सुनको कलश, ढाल, चम्मरजस्ता महत्वपूर्ण र ऐतिहासिक सामग्री हेर्न पाउँछन् ।

२०६२र६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन राजा ज्ञानेन्द्रले राजदरबार छाडेलगत्तै नारायणहिटी राजदरबार संग्रहालयमा परिणत गरी सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।

प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले २०६५ फागुन १५ गते संग्राहालय उद्‍घाटन गरेका थिए।

नेपाल गणतन्त्रात्मक राज्य घोषणा भएलगत्तै २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा गरेका थिए। सोही वर्षको फागुन १५ गतेदेखि दरबारका १९ कक्ष खुला गरिएका थिए।

तर त्यो बेला श्रीपेच, राजदण्ड लगायतका १२ महत्वपूर्ण सामग्री भने सर्वसाधारणका लागि खुला गरिएका थिएनन्।

नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

नारायणहिटीको इतिहास

नारायणहिटी दरबार प्रधानसेनापति शिवरामसिंह बस्न्यातको कान्छा छोरा सेनापति काजी धौकलसिंह बस्न्यातले बनाएका थिए । सो दरबार राजा रणबहादुर शाहले खोसी चौतरिया फत्यजंग शाहलाई दिएका थिए ।

रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजंग मारिएपछी जंगबहादुरले सो दरबार रणोद्दिप सिँह बहादुर राणालाई दिएका थिए । १९४२ सालको पर्वमा शमशेर खलकले श्री ३ रणोद्दीप सिहको हत्या गरेपछि सो दरबार वीर शमशेरको नाममा आयो । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिए।

पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरबारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरबार वाट राजदरबारमा परीणत उक्त खण्डको विभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आयो । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।

वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए ।

त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com