अफगाननिस्तानबाट भागेका कैयन अफगानीहरुलाई आप्रवासी प्रकृया पूरा नहुँदै अमेरिकामा प्रवेश


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

दशौं हजारलाई अफगानिस्तानबाट खाली गराउने क्रममा अमेरिका आउनका लागि आप्रवासी प्रकृया पूरा नभएका वा सुरु नै नगरेका कैयन अफगानीहरु अमेरिकाको विमानस्थलमा आइपुगेपछि उनीहरुलाई पोर्ट अफ इन्ट्रीबाटै सिधै अमेरिका प्रवेशको अनुमति दिइएको छ । तर यसरी भागेर अमेरिका आउने अफगानीहरुको अफगानिस्तान छाड्नु अगाडि र अमेरिका प्रवेश गर्नु अगाडि सुरक्षा पृष्ठभूमि जाँच गरेरमात्र अमेरिका प्रवेशको अनुमति दिइएको हो ।

आप्रवासी प्रकृया पूरा नहुँदै वा सुरु नहुदै अमेरिकामा अवतरण गरेकाहरुलाई अस्थायी प्रकारको प्रवेश अनुमति दिइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले सीबीपीलाई यसरी पोर्ट अफ इन्ट्रीमा आउने अफगानीहरुलाई व्यक्तिपिच्छेको अवस्था हेरेर अमेरिकामा प्रवेशको अनुमति दिन निर्देशन दिएका थिए । यो कदमले अमेरिकाले उद्दार गर्ने अफगानीहरुलाई सुरक्षा पृष्ठभूमि जाँचपछि २ बर्षसम्म अमेरिका बस्न पाउनेगरी अस्थायी अनुमति प्रदान गर्नेछ ।


डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकास सीबीपी अधिकारीसँग कुराकानी गर्दै

तर यो प्रकृयाले अमेरिकामा भविश्यमा पुनस्थापित हुने अफगानीहरुका सन्दर्भमा व्यवहारिक र कानूनी प्रश्न खडा गरेको छ । अफगानीहरुलाई उद्दार गरिएका उडानहरु वासिंटन डिसीमा अवतरण भइरहेका छन् । त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सीबीपी अधिकारीहरु अफगानीहरुको सुरक्षा जाँच गरेर प्रवेशका लागि अनुमति दिन जिम्मेबार रहेका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भागेर आएका अफगानीहरुको पुनर्वासका लागि अन्य संघीय एजेन्सीहरुसँग समन्वय गर्ने र उनीहरुलाई स्वास्थ्य सेवा तथा सफल पुनर्वासका लागि प्रयाप्त सहयोगमा पहुच कायम गर्ने बताएको छ । अमेरिकामा परोलको लामो इतिहास भएपनि अफगानीहरुलाई अमेरिका प्रवेशका लागि दिइएको परोल असामान्य रहेको अध्यागमनविदहरुको भनाई छ । अफगानीहरु अमेरिका आउनु अगाडि नै उनीहरुको शरणार्थी र विशेष भिसा प्रकृया पूरा गर्न प्रयाप्त समय भएपनि अन्तिम समयमा आएर दौडधुप गरिएको अध्यागमनविदहरु बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्ट अफ इन्ट्रीबाट अफगानीहरुलाई अमेरिका प्रवेशको अनुमति दिइएपछि उनीहरुले अमेरिका आएर युएससीआईएसमार्फत आफ्नो अध्यागमन अवस्थाका लागि आवेदन दिन सक्नेछन् । तर पहिले नै अमेरिकामा परोलमा आएकाहरुलाई शरणार्थीका रुपमा मान्यता दिनका लागि पनि कानूनी चुनौती रहेको छ । किनभने शरणार्थीका रुपमा अमेरिका आउनका लागि विदेशमै रहदा त्यसको प्रकृया पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com