निफ अवार्ड न्युयोर्कमा नेवारी चलचित्र ‘जामन: गुभाजु’ उत्कृष्ट


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

नेपाल आदिवासी चलचित्र (निफ) अवार्ड नेवार भाषाको चलचित्र जामनः गुभाजुले जितेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागि विभिन्न भाषाका सातवटा चलचित्र मध्ये नेवारी भाषाको चलचित्र गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो ।

नेवारी चलचित्र गुभाजुले उत्कृष्ट अवार्डसंगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जितेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

आइतबार राती अबेरसम्म संचालन भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहीत विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगरभाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले महोत्सब आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरुको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी मध्यरातीमा पनि दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

यस्तै विभिन्न आदिवासी समुदायका साँस्कृति झल्किने गीत र नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com