बेलायतमा २८ वर्षीय नेपाली युवाको डुबेर मृत्यु


प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार

बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बेलायती प्रहरीले जनाएको छ ।

घुम्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए ।

झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको प्रहरीले बताएको छ ।

मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राईको मृत्‍युको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com