कुवेतबाट थप नेपाली काठमाडौं आइपुग्दै, २५६ नेपाली परराष्ट्रकाे सम्पर्कमा


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली मंगलबार राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्दैछन्। मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार ११८ नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

सोही उडानबाट काठमाडौँ आइपुगेका नौ भारतीय नागरिकलाई स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी काठमाडौंस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ। मन्त्रालयका अनुसार मंगलबार साँझसम्म कन्सुलर सेवा विभागको बेव पोर्टलमा २५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्। अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेबसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ।

ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन्। ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ छन्, तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मनत्रालयले अनुरोध गरेको छ।

उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ। त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी जानकारी गराएका छन् । उद्धार कार्यका लागि मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा फोन नम्बर र इमेल ठेगानासहितको ‘सिच्यूएशन रुम’ को स्थापना गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट अफगानिस्तानमा रहेका नेपाली नागरिक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग उद्धारका लागि नियमित सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । अफगानिस्तानको विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीमा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्यका लागि मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोकत्वमा गठित कार्यदलको दोस्रो बैठक मंगलबार बसेको मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com