नेपालमा कोरोनाः ३४५१ मा संक्रमण पुष्टि, २४५८ निको भए


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५ सय ६६ र ५ हजार ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ८५ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ६७७, ललितपुरमा १६७ र भक्तपुरमा ११७ जना रहेका छन्। उपत्यकाबाहेक झापामा बढी संक्रमित थपिएका छन्। झापामा थप ३३२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, चितवनमा २०५ र कास्कीमा १८३ जना संक्रमित थपिएका छन्।

एक जनामा मात्र संक्रमण पुष्टि हुने जिल्लामा उदयपुर, खोटाङ, तेर्‍हथुम, धनुषा, बारा, रौतहट, बर्दिया, रुकुमपूर्व, कालिकोट, जाजरकोट, जुम्ला, दैलेख र मुगु रहेका छन्।

सोमबार थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ छ। तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३३५ छन् भने ७९५ जना आइसीयूमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com