अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले युद्धग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार सरकारलाई निर्देशन दिएको छ। आइतवार बसेको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो।

‘त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत् उद्धार गर्न सकिन्छ कि अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न सकिन्छ तत्काल काम थाल्नू,’ समितिको निर्णयमा भनिएको छ।

यसअघि बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले अफगानिस्तानमा जोखिमपूर्ण रहेका नेपालीको अवस्थाबारे बुझ्न तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका थिए।

पौड्यालका अनुसार काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ। उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौड्यालले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानको काबुलमा करिब १५ सय नेपाली रहेको अनुमान छ। २०७३/०७४ यता अफगानिस्तानमा काम गर्नका लागि ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन्। यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जनाले श्रम स्वीकृति लिएर अफगानस्तान गएको तथ्यांकले देखाउँछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com