नेपालमा कोरोनाः २२१२ मा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट १२ हजार १०६ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ३२ हजार २७२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या छ लाख ८२ हजार ६८२ छ।

नेपालमा हाल ३५ हजार १८ जना होम आइसोलेसन र चार हजार २८० जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी ७५८ जना आइसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ।

थप ३३ को मृत्यु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ।

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ। कूल मृतकमध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका छन्। सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन्। नेपालमा हालसम्म यो उमेर समूहका दुई हजार २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

त्यस्तै, ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। १० देखि १९ वर्ष उमेर समूहका ५० र नौ वर्ष मुनिका ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com